वैवाहिक जीवनमा बाँधिइन् प्रविशा

काठमाण्डु टुडे २०७८ मंसिर ५ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– गायिका प्रविशा अधिकारी निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।

प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ ।
गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको बुझिएको छ ।

गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।

निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us