दाङ, ५ मंसिर– दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम खैरो हेरोइनसहित आमा–छोरालाई पक्राउ गरेको छ।
शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम खैरो हेरोइनसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले खैरो हेरोइन बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो।