५८० वर्षपछि आज लामो चन्द्र ग्रहण लाग्दै

काठमाण्डु टुडे २०७८ मंसिर ३ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– आज (शुक्रबार) शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै छ । वैज्ञानिकहरुले ५ सय ८० वर्षपछि पहिलोपटक लामो खण्डग्रास चन्द्र ग्रहण लाग्ने जनाएका छन् । सन् २०२१ को यो अन्तिम चन्द्र ग्रहण पनि हो ।

तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो ग्रहण लाग्दा आज दिउँसो एक बजे चन्द्रमाको लगभग सबै भाग कालो हुनेछ । आज लाग्ने चन्द्र ग्रहण नेपाल, भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, अफगानिस्तान, युरोप, अस्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशबाट देखिनेछ ।

चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us