मंसिर १९ गतेदेखि जुम्लामा एमबीबीएस कक्षा सञ्चालन

काठमाण्डु टुडे २०७८ मंसिर २ गते १५:३७ मा प्रकाशित

जुम्ला, २ मंसिर–  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ । कर्णालीमा पहिलो पटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो ।

चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तिण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us