नेपालको पहिलो इ–पासपोर्ट सत्यमोहन जोशीलाई हस्तान्तरण

काठमाण्डु टुडे २०७८ मंसिर १ गते १६:३७ मा प्रकाशित

फाइल

काठमाण्डु, १ मंसिर– नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई हस्तान्तरण गरिएको छ । बुधबार राहदानी विभागमा आयोजित कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।

जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे।
परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us