गायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैयाँ पुरस्कार

काठमाण्डु टुडे २०७८ मंसिर १ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् ।

उनलाई मँगलबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले रु ५१ हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका छन् ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५० औं जन्म दिनको अबसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेका थिए ।

उनी काठमाडौं आएको बेला सो पुरस्कार मँगलबार काठमाडौंमा गायिका शाहलाई प्रदान गरिएको हो । सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै संगीतकार शम्भुजीत बासकोटाले नेपाली लोक संगीत सृजना र भाका सँकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us