जीपको ठक्करबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर १ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९, मा गए राति जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जिपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

मकवानपुरको कैलाश गाउँपालिका–४, कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us