३७७ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक ३० गते १६:४५ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । सोहि अवधिमा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।
नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us