काठमाण्डु, २९ कात्तिक– सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम जारी छ ।
कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालय वैकल्पिक बाटोबाट अदालत प्रवेश गरेका हुन्। सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ ।
ती मुद्दालाई विभिन्न १० इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबरा पनि इजलासमा बस्ने भएका छन् ।