
काठमाण्डु, २८ कात्तिक– क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा कृष्ण काफ्ले, रिता के।सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ ।
विदेशमा बस्ने एनआरएन नेपालीकोएनआरएन नेपालीको कथा समेटिएको गीतमा विदेशमा बस्ने नेपालीको पिडा, नेपालमा गरेको समजसेवा र नेपाल प्रतिको मायालाई समेटिएको छ ।
यो गीतको भिडियोमा पनि चारै जना गायक गायीका तथा प्रमिला बस्नेत, देवी अधिकारी र केशव अधिकारीको अभिनय रहेको छ । भिडियोमा बासु बरालको छायांकन, देबेन्द्र कुवरको क्रोरियोग्राफी तथा कृएटिभ डाइरेक्सन र अनिल रानाको सम्पादन रहेको छ ।
भिडियोमा नेपाल र नेपाल वाहिरको दृष्य समेटिएको छ । डाक्टर घनश्याम खतिवडाको स्वरमा न्यारेसन रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।