सानेपामा मंसिर १ देखि अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापति मल्लको चेतावनी

काठमाण्डु टुडे २०७८ कार्तिक २७ गते १३:२० मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाएका छन् ।

उनले पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिले काम गरिरहेको आरोप लगाए । डडेल्धुरामा आफूहरुको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दावी गरे ।

‘हामीले लिखित रुपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिएका छौं, के कति कारणले डडेल्धुराको अधिवेशन वैध भएको हो, समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ,’ जिल्ला सभापति मल्लले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भने, ‘केन्द्रीय सभापतिको निर्देशनमा समितिले काम गरिरहेको हो कि भन्ने हामीलाई लागेको छ ।’

 मल्लले भने– ‘११ दिन हामी पार्टी कार्यालय डडेल्धुरामा अनसन बस्यौं, त्यसको पनि कुनै सुनुवाइ भएन,’ उनले भने, अब हामी डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरु सानेपामा अनसन बस्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us