
काठमाण्डु, २३ कात्तिक– पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गृह जिल्ला पुगेर घरदैलो गर्न थालेका छन् ।
जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालनं) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका– नगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन् ।
यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचालन हुनेछ । तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन उनी यस्तो अभियानमा निस्केका हुन् । अभियान मंसिर ३ गते बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने छ ।