सामसङले ल्यायो सुनको सिक्का

काठमाण्डु टुडे २०७८ कार्तिक १५ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ ।

३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।

 यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।

विजेताहरू फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनौट गरिने छन् र यो योजना कार्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us