माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि एमालेले लिँदैनः केपी ओली

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १७:४२ मा प्रकाशित

झापा,७ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । आइतबार गृह जिल्ला झापा पुगेका ओलीले भने– ‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन’।,

‘माधव नेपालको पछि लागेका दुई चार जना अलमलमा परेको देखेर अचम्म लाग्छ । के देख्या होला ?’ ओलीले आश्चार्य प्रकट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us