काठमाण्डु, ६ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनको उद्घाटन गरेका छन् । शनिबार ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा वडा अधिवशनको उद्घाटन गरेका हुन् । उनले सर्वसम्मतिका साथ अधिवेशन सम्पन्न हुने विश्वास लिएको बताए ।
देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ ।