थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्‍यु

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– देशभर थप पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us