१० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– बलात्कार मुद्दाका फरार काभ्रेपलाञ्चोक बेथान चोक गाउँपालिका–४ घर भएका रामहरी महतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले उनलाई २०७० भदौ २६ मा १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

४२ वर्षीय महतलाई धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर अनिश बुढाथोकीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us