मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

काठमाण्डु टुडे २०७८ कार्तिक ४ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् । असोज २५ गते बोलाइएको बैठकमा प्रस्ताव पेश भए पनि आज उनले विश्वासको मत नलिने बागमती प्रदेशसभाका नेकपा एमालेका सांसद अरुण नेपालले जानकारी दिए ।

आज उहाँले विश्वासको मत लिनुहुन्न। आज आफ्नो कुरा भन्नुहुन्छ। सरकारले गरेका कामका बारेमा संसदलाई जानकारी दिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि दलका नेताहरु र सांसदले आफ्नो धारणा राख्छन्। विश्वासको मत माग्नुहुन्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us