सोलुखुम्बु, ३ कात्तिक– मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
घटनास्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्कसमेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।