मलेसियामा एक नेपालीको मृत्यु

रासस २०७८ कार्तिक १ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक– वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका  श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us