मोरङको सिटिजन्स बैंकमा चल्यो गोली

काठमाण्डु टुडे २०७८ असोज २५ गते १६:५० मा प्रकाशित

विराटनगर, २५ असोज– मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us