केशब भावुक र रितिशा रोयको ‘मेरे ईश दिल पे’ सार्वजनिक

काठमाण्डु टुडे २०७८ असोज २५ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, २५ असोज– अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे ईश दिल पे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन ।

सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ ।

गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । देव केसी ,मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाइ टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ।

भिडियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us