रुपन्देही घटना निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छः खिमलाल भट्टराई

काठमाण्डु टुडे २०७८ असोज २५ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, २५ असोज– प्रमुख प्रतिपक्ष नेकपा एमालेले आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रश्न उठाएको छ।
एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको आरोप लगाए।

‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उनले भने, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us