
काठमाण्ड, २५ असोज– गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत रहेको ुनिष्ठुरी प्रदेशी’ को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी छन्। गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ ।
निकै मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्मा अभिनय रहेको छ ।भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ । घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
गीतको भिडियोलाई सिर्जन बराल (ऋषि) निर्देशन गरेका छन् । अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।