रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज २४ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, २४ असोज–  रुसको टाटरस्तानमा आइतबार (आज) एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत विस्तृत विवरण भने प्राप्त भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us