जसपा प्रदेश २ का मुख्यसचिव झाले दिए राजीनामा

काठमाण्डु टुडे २०७८ असोज २४ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, २४ असोज– जनता समाजवादी पार्टी (जसपा)का प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजीनामा दिएका छन् । झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजिनामा दिएको बताएका छन् ।

‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us