‘राधा पियारी’ मा सुधिर र गरिमाको रोमान्स

काठमाण्डु टुडे २०७८ असोज २४ गते १३:०८ मा प्रकाशित

काठमाण्डु, २४ असोज– नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसर पारेर गीतकार गोपालले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ुराधा पियारीु सार्वजनिक गरेका छन्।

यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्।

काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us