गायिका गीता विश्वकर्माको ‘मुग्लान’ सार्वजनिक

काठमाण्डु टुडे २०७८ असोज २४ गते १२:३७ मा प्रकाशित

काठडमाण्डु, २४ असोज– नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदनाले भरिएको मौलिक दशैं गीत ‘मुग्लान’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ । शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।

राम कृष्ण कडेँलको छायाँकन , विष्णु प्रसाद अर्यालको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा देख्न सकिन्छ । भिडियोमा रितेष श्रेष्ठ , सुर्य क्षितिज लामा , सविना केसी , स्वस्तिका राई , लक्ष्मी लामा , राजन मर्हजन , बसन्त बर्मा , मोती राम थापा , युवराज गजमेर , पुजा नेपालीको अभिनय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us