स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ, बिदा भए उमेश श्रेष्ठ

काठमाण्डु टुडे २०७८ असोज २२ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, २२ असोज– शेरबहादुर देउवा नेतृत्वको सरकारबाट उमेश श्रेष्ठ बिदा भएका छन् ।

उनको ठाउँमा नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।

गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us