काठमाण्डु, २२ असोज– कांग्रेस नेता गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।
नेपालगञ्जका कांग्रेस नेता गजेन्द्र हमाल प्रतिनिधि सभा सांसद छैनन्। सांसद नरहेका हमाललाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउन लागेका हुन्।