
काठमाण्डु, २२ असोज– भ्वाईस अफ नेपाल सिजन–३ का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत ‘आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई’ म्युजिक भिडियोसहित बिहिबार सार्वजनिक गरिएको छ।
चर्चित चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चीत नायक पुष्प खड्का ,रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय रहेको छ। पोखरा तथा यसको आसपासका रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियो चलचित्र झैँ निर्देशक श्रेष्ठले एउटा वियोगान्त प्रेम कथा पाँच मिनेटको भिडियो मार्फत उतारेका छन्। यस अघि जोड घटाउ बोलको
गीतको म्युजिक भिडियो बनाएर म्युजिक भिडियो निर्माणमा हात हालेका निर्देशक श्रेष्ठले घिन्तांग नामक चलचित्रको भर्खरै छायांकन सकेका छन्।
राजाराम बुढाथोकीको निर्माणमा बनेको उक्त गीतको रचना रसंगीत दिपक शर्मा, संगीत संयोजन पुरुषोतम सुबेदीको रहेको छ भने छायाँकन सौरभ लामा ,सम्पादन अर्जुन जिसी , कलर रेनिश फागोको रहेको छ।