काठमाण्डु, २१ असोज– बिहीबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।
अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।