जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधवको घोषणा

काठमाण्डु टुडे २०७८ असोज २१ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, २१ असोज–नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ ।

जोशी, एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको उनको दाबी छ । उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us