शिव परियारको ‘पिउन सुरु गरेपछि’

काठमाण्डु टुडे २०७८ असोज २० गते ११:४४ मा प्रकाशित

काठमाण्डु, २० असोज– ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडैनै बजारमा ल्याउँदैछ ।

मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ ।
यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।

मिडिया हब प्रा. लि.बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us