धनुषा, १९ असोज – आइतबार अबेर उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका सम्बन्धमा फैसला गरेलगत्तै सो घटनाका पीडितहरु मर्माहत भएका छन् ।
उच्च अदालत जनकपुरले धनुषा जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै मुख्य योजनाकारको जन्मकैदको सजायलाई घटाएर सात वर्षसम्मको सजाय सुनाएको छ । उच्च अदालतको यो फैसलाले मिथिला आन्दोलनका सहिद परिवारदेखि घाइतेहरूसमेत निकै आक्रोशित बनेका छन् । उनीहरु उच्च अदालतको सो फैसलालाई पुनरावेदनको माग गर्दै सर्वोच्च अदालतमा जाने बताउँछन् ।