काठमाण्डु, १८ असोज– नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनः ध्यानाकर्षण गराएका हुन् ।
विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए ।
विप्लवले सहमति कार्यान्वयन नभए समस्याको समाधान नभइ झन जटिल स्थितिको सृजना हुनसक्ने चेतावनी दिँदै यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउने जिकिर समेत गरेका छन् ।