‘मौसम’ अभिनेत्री रञ्जना शर्मा आमा बन्दै

काठमाण्डु टुडे २०७८ असोज १४ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, १४ असोज – पछिल्लो समय अमेरिका रहदै आएकी अभिनेत्री रञ्जना शर्मा (सिलवाल) आमा बन्ने भएकी छन् । सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफू गर्भवती भएको जानकारी दिएकी छन् । मर्यादा, मौसम, सलाम छ मायालाई र कन्यादान लगायतका फिल्म अभिनय गरेकी उनले केही अगाडि प्रेमी निकेश सिलवालसँग विवाह गरेको र  विवाह गरेको छोटो समयमै आफू गर्भवती भएको जनाएकी हुन् ।

यस अगाडि निर्देशक श्याम भट्टराईसँग विवाह गरेकी रञ्जना विवाहको केही वर्षपछि कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी थिइन् । अमेरिका पुगेपछि श्यामको सम्बन्ध तोडेर उनी एक्लै रहँदै आएकी थिइन् । सोही क्रममा उनको भेट निकेश सिलवालसँग भएको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us