तनहुँ, १३ असोज – बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई ३ वर्षपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा छिन् । उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतले २०७५ असोज १५ मा १० महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।
अदालतले फैसला गरेको ३ वर्षपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए ।