निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक

काठमाण्डु टुडे २०७८ असोज १३ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, १३ असोज– निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् ।

सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदय राज पौडेल को सुन्न सकिन्छ ।

म्युजिक भिडियो निर्दशक शान थापाले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन ,सुप्रिम पराजुलीको सम्पादन ,सरिता प्रजापतिको मेकअप , राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us