थप १,४७६ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ८ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, ८ असोज –देशभर थप पछिल्लो २४ घण्टामा १,४७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ संक्रमितको मृत्यु भएको छ भने १,५५० जना निको भएर घर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us