काठमाण्डु, ५ असोज– निर्वाचन आयोगमा दल दर्ता भएपछि नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न आयोगहरूलाई पूर्णता दिने सो पार्टीको तयारी छ । नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए।