काठमाण्डु, ४ असोज – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई संसदमा नारा किन लगाउनु भनेर प्रश्न गरेका छन् ।उनले आफूहरुलाई एमालेबाट चुइटेर गएको र गएकोमा हाइसन्चो भयो भन्नेले संसदमा नारा लगाउन आवश्यक नभएको बताएका हुन् ।
नेपालले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु ।’
नेपालले भने , ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसन्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसन्चो भएको मान्छेले ? पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’