मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने

काठमाण्डु टुडे २०७८ असोज ४ गते १३:३० मा प्रकाशित

काठमाण्डु, ४ असोज – मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् ।

सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा १० प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

‘मिस नेपाल युएस २०२१’ २५ सेप्टेम्बरमा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा घोषणा हुनेछ ।

सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा पहिलो मिस नेपाल युएसको ताज लगाउन सफल सुजिता बस्नेत थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us