एक साताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं: नेपाल

काठमाण्डु टुडे २०७८ असोज ३ गते १७:०९ मा प्रकाशित

पोखरा, ३ असोज – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।

आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने – ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक साताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं।,’

‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us