पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयोः नेम्वाङ

काठमाण्डु टुडे २०७८ असोज ३ गते १३:५४ मा प्रकाशित

काठमाण्डु, ३ असोज– एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै असन्तुष्टि जनाएको छ ।

संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले भने, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनुभएको छ ।’

‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो,’ उनले भने, ‘उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us