काठमाण्डु, ३ असोज– सातौं संविधान दिवस आज विभिन्न्न कार्यक्रम गरी मनाइँदैछ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । सरकारले यो वर्षको संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
दिवसका अवसरमा सैनिक मञ्च टुँडिेखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्पट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक नियोगका प्रमुखलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको सहभागिता रहनेछ ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै सेना, प्रहरी, सशस्त्र प्रहरी, र स्काउटद्वारा कवाज, प्रदर्शन गरिनेछ । यस्तै विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा दिवापलीसहित विभिन्न कार्यक्रम गरिनेछन् ।