थप एक हजार ६६ जनामा कोरोना भाइरस संक्रमण, १६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज २ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, २ असोज – नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ८५ जनाको कोरोना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल २५ हजार ८२  जना सक्रिय संक्रमितका साथै   पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

एक हजार दुई सय ३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us