एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउँछः माधव नेपाल

काठमाण्डु टुडे २०७८ असोज १ गते १०:५७ मा प्रकाशित

काठमाण्डु, १ असोज– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक साता भित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

आज नयाँ बानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताए हुन् ।

‘हामीले पार्टी गठन गरिसकेका छौं, सरकारमा जान कुनै समस्या छैन,’ उनले भने, ‘आज भने आज भोलि भने भोलि सरकारमा जान तयार छौं।’

उनले सरकारमा सामेल हुने पनि बताए। केन्द्र र प्रदेश सरकारमा महत्वपूर्ण भूमिका रहने अध्यक्ष नेपालको भनाइ थियो। तलैसम्म सहकार्य गरेर जाने पनि उनको भनाइ थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us