संखुवासभा हत्याकाण्डः आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते ११:०४ मा प्रकाशित

सङ्खुवासभा, ३१ भदौ – सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानका क्रममा, प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेश कार्कीलाई पनि नियन्त्रणमा लिएको छ ।

नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी सुवेदिले बताए । डिएसपी लालध्वजले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us