हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियोः ओली

काठमाण्डु टुडे २०७८ भदौ ३० गते १७:४८ मा प्रकाशित

रुपन्देही, ३० भदौ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए । बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको बताएका हुन् ।

‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’ ओलीले भने, ‘हामीले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ।’

‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,’ ओलीले भने, ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । तर अहिले हेर्नुस् त दुई महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’

गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरे । आफ्नो सरकार विकासका लागि सयौं सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us